ग्रामीणमुखी युवा अभियान नेपाल आयोजकमा युवा मानवाधिकार रक्षकका लागि आत्मारक्षा र मानसिक स्वास्थ सम्बन्धि तालिमको उद्घाटन कालिकोट सदरमुकाम मान्ममा सम्पन्न भएको छ।
युवा मानवाधिकार रक्षक सञ्जालको समन्वयमा र एयनको (AEIN) को आर्थिक सहयोगमा कर्णाली प्रदेशका मुगु,जुम्ला,हुम्ला,कालिकोट र दैलेख गरि पाँच जिल्लाका मानवाधिकार रक्षक युवाहरूको सहभागीता रहेको छ।
कार्यक्रमको उद्घाटनमा बोल्दै कर्णाली जेसिस २०२५ का अध्यक्ष खगेन्द्र पाण्डेले यस्ता कार्यक्रमले नेतृत्व विकास क्षमता र विकास गर्न अहम भूमिका खेल्ने हुँदा । यस्ता कार्यक्रम निरन्तर संस्थाले गर्नुपर्ने बताए।
त्यस्तै पत्रकार महासंघ कालिकोट उपाध्यक्ष राधिका बरालले समाजका गलत कर्म विरुद्ध युवाहरु जुट्नुपर्छ र देशको बद्लिदो परिस्थितिलाई हेर्ने हो भने अहिले युवाहरुमा नै देशप्रति चासो र चिन्तन अग्र पंक्तिमा भएको बताइन्। साथै आत्मारक्षा र मानसिक स्वास्थ जस्ता कार्यक्रम तालिम स्थानीय तहहरुले समेत गर्न जरुरी भएको उनले बताइन्।
कार्यक्रममा बोल्दै इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले यो विशेष किसिमको महत्त्व बोकेको कार्यक्रम हो ।युवाहरूमा हुने मानसिक तनावलाई मध्यनजर गर्दै गरिएको यो कार्यक्रम सकारात्मक भएको बताए।
कार्यक्रम कालिकोट जिल्ला प्रमुख अधिकारीले युवा भनेको ज्ञान सीप क्षमताको हिसामा अब्बल समूह भएको र गलतका विरुद्धमा आवाज उठाउने र समाजलाई सहि कदममा तर्फ उन्मुख गराउने पुस्ता युवा भएको बताए।
महिला अधिकार महिला हिंसाको विरुद्ध र गलत कर्मको विरुद्ध यो सञ्जालले कर्म गरोस् भन्ने अपेक्षा रहेको कालिकोट जिल्ला समन्वय उपप्रमुख मिना रावल विश्वकर्माले बताइन्।















