शुक्रबार, २२ फाल्गुन, २०८२

माधव चौलागाईंलाई स्वास्थ्य मन्त्री बनाउन माग

जुम्ला र कर्णालीको तर्फबाट माधव चौलागाईंलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग उठेको छ।

जेन जी जुम्लाका संयोजक शैलेश रोकायाले नेपाल पत्रकार महासंघका सचिव प्रकाश उपाध्याय तथा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउने कर्णालीका व्यवसायी, सरोकारवाला र स्थानीय नागरिकहरूले चौलागाईंको नाम सिफारिस गरेका हुन्।

गत शुक्रबार राति जेन–जी लिडर सुदन गुरुङ र नेपाल नामक संस्थाबीच भएको १३ बुँदे सम्झौताअनुसार सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी थिइन्। सम्झौतामा पाँच मन्त्रालयमा जेन–जी तथा युवा प्रतिनिधि समेट्ने व्यवस्था छ। सोही प्रावधानअनुसार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी चौलागाईंलाई दिन माग गरिएको हो।

सम्झौता शुक्रबार राति सार्वजनिक भएको थियो भने त्यसपछिका दिनहरूमा सामाजिक सञ्जालमार्फत चौलागाईंको नाममा समर्थन व्यक्त गरिएको हो।

समर्थन जुम्ला र कर्णालीबाट उठेको हो तर यसको चर्चा काठमाडौंसहित राष्ट्रिय स्तरमा फैलिएको छ।

चौलागाईं लामो समयदेखि स्वास्थ्य क्षेत्रमा संलग्न विज्ञ तथा कर्णालीको संस्कृति र भूगोल बुझ्ने व्यक्तित्व भएको भन्दै सचिव उपाध्यायले उनको नाम अघि सारेका हुन्। यसले कर्णालीको प्रतिनिधित्व सुनिश्चित हुने र स्वास्थ्य क्षेत्रमा दक्ष नेतृत्व पाउने उनको भनाइ छ।

सचिव उपाध्यायले चौलागाईंलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आग्रह गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसलाई अधिकांशले समर्थन गर्दै चौलागाईं उपयुक्त उम्मेदवार भएको टिप्पणी गरेका छन्।

पर्यटन व्यवसायी भानु देवकोटाले चौलागाईंलाई जिम्मेवारी दिइए कर्णालीलाई न्याय हुने बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार