सोमबार, १२ माघ, २०८२

जुम्ला कारागारबाट भागेका ३६ जना कैदीमध्ये १८ पक्राउ १८ अझबे फरार

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते राति जेलबाट भागेका ३६ जना कैदीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीले निरन्तर खोजी कार्य अगाडि बढाइरहेको छ।

भदौ २६ गते पक्राउ परेकामध्ये प्रेम राजा महत, दिनेश लावड, हिक्मत गिरी, डिली कार्की, भिम प्रसाद कडायत र हुकुम शाही रहेका छन्। त्यसैगरी भदौ २७ गते सन्तोष सार्की, भक्त राज शाही, पुन्न विक (मुगु), डम्बर नेपाली (गोठीज्युला) र सुरेन्द्र महत पक्राउ परेका थिए।

भदौ २८ गते पुर्ण प्रसाद भण्डारी, दिपेन्द्र सुनार र रमेश नेपाली सार्की पक्राउ परे भने २९ गते लाल बिर योगी पक्राउ परेका छन्। भदौ ३० गते कमल शाही, प्रकाश शाही र इश्वरी बम पक्राउ परेका छन्।

हालसम्म पक्राउ परेका १८ जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइँदै छ भने बाँकी फरार १८ जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार