शुक्रबार, २९ फाल्गुन, २०८२

कविता-यो समय उनीहरूकै हो

म भन्दिनँ
जेन-जीका मागहरू सबै ठिक छन्,
र यो पनि भन्दिनँ कि
उनीहरूका एजेन्डा सबै गलत छन्।

तर,
यो समय,
यो हावा,
यो खुला आकाश,
यो विश्व,
यो ब्रह्माण्ड
सबै उनीहरूकै त हो।

ती सपनाहरूले रङ्ग्याएको भविष्य !

हामी आँखा चिम्लेर हेरे पनि,
या खुला राखेर हेरे पनि,
उनीहरूले देख्ने देश,
उनीहरूले कल्पना गर्ने उज्यालो
उनिहरुले अपेक्षा गरेको सुशासन
के साच्चै हामिले दिनसक्यौ त??

हाम्रोभन्दा लामो बाटो उनीहरूको छ
उनीहरूको आँखा
हाम्रोभन्दापनि अझ गहिरो सपना बोकेका छन्
उनीहरू भविष्यका उत्तराधिकारी हुन्।
उनीहरू निर्विकल्प उज्यालोका हकदार हुन्।

त्यसैले म सम्मान गर्छु
उनीहरूको छटपटीलाई,
उनीहरूको आक्रोशलाई,
उनीहरूको हुटहुटीलाई।

उनीहरूको चेतना,
उनका सवालहरू
गम्भीर छन्,
सार्थक छन्।


कैयौंको सपना बनिरहेको यो देश
उनीहरूसँगै बन्छ,
उनीहरूका स्वरहरूसँगै गुञ्जन्छ।
उनिहरुको रापताप संगै फुल्छ र फकृन्छ!!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार