मंगलवार, १३ माघ, २०८२

विद्यार्थी अभियान अछाम : विपद्‌मा मानवता, अब समाज परिवर्तनतर्फ दृढ पाइला!

२०७९ असोज ४ गते जिल्ला प्रमुख अधिकारी विश्वराज मरासेनीबाट औपचारिक राहत संकलन अनुमति लिएपछि, अभियानले छिट्टै गति लियो।

२०७९ सालको भदौ ३१ गतेको अविरल वर्षाले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका विभिन्न स्थानमा भौतिक र मानवीय क्षति पुर्‍यायो। त्यही समयमा, स्थानीय पीडितको घाउमा मलम लगाउने उद्देश्यले युवाहरूको एउटा समूहले “विद्यार्थी अभियान अछाम” नामक राहत संकलन अभियान सुरु गरे।

यस अभियानको नेतृत्व मनोज रावलले गर्नुभएको थियो, जसमा भरत राणा, नवराज विक, र गजेन्द्र शाह समेत अग्रपंक्तिमा रहेर अभियानको संस्थापन नेतृत्वको जिम्मेवारी सम्हालेका थिए।

उनीहरूले पढाइलाई निरन्तरता दिँदै, अछाम जिल्लाका विभिन्न सरकारी कार्यालय, पालिका र वडामा स्वयं पुगेर तथा सामाजिक सञ्जालमार्फत अछाम बाहिर रहेका व्यक्तिहरूबाट सहयोग संकलन गर्दै राहत अभियान अघि बढाए।

२०७९ असोज ४ गते जिल्ला प्रमुख अधिकारी विश्वराज मरासेनीबाट औपचारिक राहत संकलन अनुमति लिएपछि, अभियानले छिट्टै गति लियो।

२०७९ असोज २६ गते, संकलित रु १,५८,६४५ रुपैयाँ राहत रकम तत्कालीन प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेको उपस्थितिमा जिल्ला विपद् कोषमा जम्मा गरियो। यो अभियानमा केवल चार जना—मनोज रावल, भरत राणा, नवराज विक र गजेन्द्र शाह—ले विभिन्न ठाउँमा पुगी आर्थिक संकलन गरेका थिए।

साफेबगर नगरपालिका–१०, घुघुरकोट निवासी दिलिप नगरजीको दुबै मिर्गौला ड्यामेज भई नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थालाई देखेर, यही अभियानले फेरि ३४,००० रुपैयाँ संकलन गरी उनकी आमा सीता नगरजीलाई हस्तान्तरण गर्‍यो। यसमा सक्रिय थिए: मनोज रावल, भरत राणा, नवराज विक, अनिल रैगाई।

रामारोशन गाउँपालिका–६ निवासी कमल साउदलाई करेन्ट लागेर गम्भीर घाइते अवस्थामा कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। रु १७,००० रकम सहयोगस्वरूप प्रदान गरिएको थियो। सहयोग संकलनमा सहभागी: मनोज रावल, रमित साउद, नवराज विक, नवीन बोहोरा।

मनिष विकको पहलमा विद्यार्थी अभियान अछामको तर्फबाट अछाम जिल्लाका केही सरकारी विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई मोडेल सेट निःशुल्क वितरण गरिएको थियो।

विभिन्न समय र अवस्थामा गर्भवती महिला र गम्भीर बिरामीका लागि रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसले जीवन रक्षा कार्यमा ठूलो भूमिका खेलेको थियो।

हाल अभियानका संस्थापक नेतृत्वहरू — मनोज रावल, भरत राणा, नवराज विक, र गजेन्द्र शाह — सबै भौतिक रूपमा एकै स्थानमा उपस्थित नभए पनि, उनीहरूको सोच, प्रतिबद्धता र दूरदृष्टिका कारण अभियान अब नयाँ उद्देश्य र नयाँ अनुहारहरूसँग अघि बढ्ने तयारीमा छ।

अब यो अभियानले केवल राहतमा सीमित नरहेर, छुवाछूत, जातीय भेदभाव, लैङ्गिक हिंसा, भ्रष्टाचार, अन्याय र सामाजिक विसंगतिहरूको विरुद्धमा सशक्त आवाज बन्ने अठोट लिएको छ।

“हामी विद्यार्थी हौं, तर मौन दर्शक होइनौं। अब हाम्रो अभियान शिक्षामा पहुँच, मानव अधिकार, न्याय, समानता र परिवर्तनका विषयमा क्रियाशील बन्नेछ।”, अभियान सम्बद्ध युवाहरूको भनाइ।

“विद्यार्थी अभियान अछाम” कुनै संस्था वा राजनीतिक समूहको निर्देशनमा चलेको पहल होइन, यो स्थानीय युवाहरूको मन, मस्तिष्क र मेहनतबाट जन्मिएको स्वाभाविक जनसरोकारको अभियान हो। आज यसले देखाएको नेतृत्व, समर्पण र सामाजिक चेतनाले स्पष्ट पार्छ, “साच्चिकै चाहिँदैमा परिवर्तन सम्भव छ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार