सोमबार, ९ भाद्र, २०८२

तिलामा गुडिरहेको अटो रिक्सामा आगलागी

जुम्लाको तिला गाउँपालिका–३ मा अटो रिक्सामा आगलागी भएको छ। शुक्रबार बिहान क १ घ ११ नम्बरको अटोमा अचानक आगो लागेको हो।

जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीका अनुसार अटो चलिरहेको बेला अचानक धुवाँ निस्किएको थियो।

चालकले तुरुन्त अटो सडक किनारमा रोक्दा ठूलो दुर्घटना हुन पाएन। यात्रीहरू सबै सुरक्षित रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार आगो अटोको इन्जिनतर्फबाट लागेको देखिएको थियो। स्थानीय र प्रहरीको सहयोगमा आगो केही मिनेटमै नियन्त्रणमा लिइयो।

प्रहरीले आगलागी प्राविधिक समस्या वा सर्टसर्किटका कारण हुनसक्ने अनुमान गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार