जुम्लाबाट बाजुराको बडिमालिका तिर्थयात्रामा जाने एक अनौठो संस्कृति छ। जो सयौं वर्षदेखि निरन्तर रुपमा चलिआएको छ । जुम्लाबाट बडिमालिका जाने रित सरकारी निकायबाटै चलि आएको हो।
यो पटक पनि जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा सरकारी टोलि सहित स्थानीयहरु आफ्नो परम्परा अनुरुप बडिमालिका प्रस्थान गरेका थिए। साउन १३ गते बडिमालिका तिर्थ यात्रा हिडेको टोलि आज साउन ३० गते जुम्ला प्रस्थान गरेको हो।
बडिमालिका तिर्थ यात्रामा जाँदा विशेषगरि मुख्य पुजारी जाने गर्दछन् । धेरै पुजारीहरु दुईतीन चोटि गए तर विष्णुप्रसाद उपाध्याय त्यस्ता पुजारी हुन जो निरन्तर १५ वर्षको बडिमालिका तिर्थ यात्रा गरिसकेका छन् ।
आज बडिमालिकाको तिर्थ यात्राबाट जुम्ला प्रस्थान गर्ने बित्तिकै पुजारी विष्णुप्रसाद उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय जुम्ला,जिल्ला समन्वय समिति जुम्लाले कदर पत्र र सम्मान गरेको छ।
पुजारी विष्णुप्रसादले “आफूले देवताको आशिर्वादले आफूले निरन्तर १५ वर्षसम्म तिर्थयात्रा गरिरहेको र अझै आफू ६० वर्ष पुगिन्जेल सम्म बडिमालिका तिर्थ यात्रा निरन्तर जारी राख्ने र आफूले आफ्नो लागि नभइ समाजको लागि यो सेवा गर्दै आइरहेको” उनले बताए।














