वी.पी. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, जुम्लाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कर्ण शाही, कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाही, पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्यहरू, विभिन्न स्थानीय तहका नेताहरु तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केआईएचएस) का निमित्त डाइरेक्टर डा. कमल थानीले रक्तदान कार्यक्रमलाई सकारात्मक कदमको रूपमा लिँदै यस्तो अभियानले स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस चन्दननाथ नगरपालिका–४ का सभापति तथा सामाजिक अभियन्ता दिपेन्द्र विक्रम हमालले ३७औँ पटक रक्तदान गरे। त्यस्तै, शिक्षक दिपक शाहीले २७औँ पटक रक्तदान गरेका छन्।
युवा नेता सञ्जिव रावलका अनुसार कुल २१ जना व्यक्तिले रक्तदान गरेका थिए।
कार्यक्रमले वी.पी. कोइरालाको समाजसेवा र मानवतावादी विचारलाई व्यवहारमा उतार्ने प्रयास भएको नेताहरूले बताएका छन्।

















