नेकपा (माओवादी केन्द्र), जुम्ला समितिले यस्ता जनमुखी कार्यक्रममार्फत सुशासन प्रवर्द्धनमा पार्टीको भूमिकालाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ।
नेकपा (माओवादी केन्द्र), जुम्लाले जिल्लाभरका सात वटा गाउँपालिका र एक नगरपालिकामा सञ्चालन गरिएको सुशासन सहजीकरण विशेष सप्ताह अन्तर्गतको कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
जनताको गुनासा, उजुरी तथा सुझावहरू संकलन गरी तिनको समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने उद्देश्यले सञ्चालन गरिएको यो सप्ताहले स्थानीय स्तरमै सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी प्रशासनको अभ्यासलाई प्रोत्साहन गरेको छ।
सप्ताह अवधिभर जनतासँग प्रत्यक्ष संवाद, समस्या पहिचान तथा समाधानका लागि गरिएको प्रयासहरू मार्फत स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध थप बलियो बनाइएको छ। नागरिकले उठाएका विषयहरूमा तत्काल सम्भव हुने समाधानहरू प्रदान गरिएका छन् भने दीर्घकालीन प्रकृतिका गुनासाहरूलाई सम्बन्धित तहमा अगाडि बढाइएको छ।
प्रत्येक स्थानीय तहमा आयोजित समापन कार्यक्रममा नागरिक, पार्टी कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, युवा तथा विभिन्न पेशागत संगठनहरुको उल्लेखनीय सहभागिता रहेको थियो। समापन कार्यक्रममार्फत जनगुनासाहरूको संक्षिप्त विवरण, समाधानका प्रयासहरू, बाँकी रहेका चुनौतीहरू र आगामी कार्यदिशा बारे सार्वजनिक जानकारी दिइएको हो।
नेकपा (माओवादी केन्द्र), जुम्ला समितिले यस्ता जनमुखी कार्यक्रममार्फत सुशासन प्रवर्द्धनमा पार्टीको भूमिकालाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ।
पार्टीको विश्वास छ कि यस्ता कार्यक्रमले पार्टी र जनताको सम्बन्धलाई अझ गहिरो बनाउनेछ र सुशासनप्रति नागरिकको विश्वास तथा सहभागिता थप बृद्धि गर्नेछ।














