मंगलवार, ३ असार, २०८२

कनकासुन्दरीमा गाईको कृत्रिम गर्भाधानमा सफलता

कनकासुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाले तीन वर्षको निरन्तर प्रयासपछि कृत्रिम गर्भाधानमार्फत पहिलो पटक जर्सी गाईको बहर जन्माउन सफल भएको छ।

कनकासुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाले विगत तीन वर्षदेखि कृत्रिम गर्भाधानको प्रविधिमार्फत उन्नत नश्लको गाई उत्पादनमा काम गर्दै आएको थियो।

पहिलो पल्ट कनकासुन्दरी -५ का किसान डम्बर शाहीको जर्सी गाईको बहर जन्माउन सफल भएको हो।

यो प्रक्रियामा गाउँपालिकाका प्राविधिक कर्मचारीहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। शाखाका प्राविधिक कर्मचारी गोपाल विश्वकर्माले यो जानकारी दिए।

“हामीले तीन वर्षदेखि कृत्रिम गर्भाधानको प्रयास थालेका थियौं। धेरै चुनौतीका बाबजुद अहिले आएर पहिलो जर्सी बहर जन्माउन सफल भएका छौं,” विश्वकर्माले भने।

उनका अनुसार यो सफलताले स्थानीय किसानहरूलाई उन्नत नश्लको गाईपालनतर्फ आकर्षित गर्न र दुग्ध उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कृत्रिम गर्भाधान प्रविधि पशु नश्ल सुधार र उत्पादन वृद्धिको लागि प्रभावकारी मानिन्छ। जर्सी गाईको नश्ल उच्च दुग्ध उत्पादन र स्थानीय वातावरणमा अनुकूलनका लागि परिचित छ।

कनकासुन्दरी विकट क्षेत्रमा यो प्रविधिको सफलताले पशुपालक किसानहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार