निद्रा हो सुख सयल, निद्रा नै सम्पत्ति
निद्रा नै हो सम्मान निद्रानै हो प्रकृति
सुख सन्तुष्टि खुसि मिल्ने आधार ती
मनमा नसोच्च्नु खराव कामका प्रवृत्ति।
रातको निन्द्रा स्वर्ग: त्यसै बन्दैन त्यो
मनमा रिस, आवेग कटुता लिँदैन जो
जो प्रभातदेखि शान्त बस्न खोज्दछ
लोभ मोह आकांक्षादेखि भाग्दछ त्यो।
कहिँ थोरै पनि गल्ती गरेको हुनु हुन्न
प्रलोभनमा परी कसैको काम गर्न हुन्न
नैतिकताको प्रश्न उठ्ने काम गर्नै हुन्न
खराव आदत बानीले निद्रा आउन दिन्न।
सुत्नुअघि गल्ती नगर्ने मनमा प्रण लिनु
गल्ति नदोहोर्याउने भनि प्रायश्चित गर्नु
कुनै पनि कामको आशा आकांक्षा नलिनु
डर चिन्ता तिँ हटाउन पानी पिएर सुत्नु।
सानै थोरै भए पनि गरेको उपकार सम्झिनु
केले मुस्कान ल्यायो त्यसैलाई नै सम्झिनु
सानो सफलतालाई पनि शिखर सम्झिनु
केही दिन नसके पनि धन्यवाद सम्म दिनु।
नजिक या टाढाका मानिस मन नदुखाउनु
मौन बस्नु सकेसम्म फूर्ति कत्ति लगाउनु
आफ्नै होस् अरुको सानो कुरामा रमाउनु
पाइन या दिएन भनी भारी मन नबनाउनु।