मंगलवार, ३ असार, २०८२

जुम्ला-रारा अल्ट्रा म्याराथनमा रियल म्याड्रिड फ्यान क्लब जुम्लाको स्वयंसेवी भूमिका

विश्वचर्चित फुटबल क्लब रियल म्याड्रिडको फ्यान क्लब नेपालले जुम्लालाई आधिकारिक शाखाको मान्यता प्रदान गरेसँगै क्लबले सामाजिक गतिविधिमा सक्रियता देखाउन थालेको छ।

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौं संस्करणमा रियल म्याड्रिड फ्यान क्लब जुम्लाले सहभागी सबै धावकलाई निःशुल्क पानी र जुस वितरण गरी स्वयंसेवी भूमिका निर्वाह गरेको छ।

वैशाख २७ गते सुरु भएको यो म्याराथनमा रियल मड्रिट फ्यान क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको हो।

विश्वचर्चित फुटबल क्लब रियल म्याड्रिडको फ्यान क्लब नेपालले जुम्लालाई आधिकारिक शाखाको मान्यता प्रदान गरेसँगै क्लबले सामाजिक गतिविधिमा सक्रियता देखाउन थालेको रियल म्याड्रिड फ्यान क्लब जुम्लाका डा. नवीन रावलले बताए।

“आउँदा दिनमा यस्ता सामाजिक कार्यक्रममा हाम्रो सहभागिता निरन्तर रहनेछ,” उनले भने।

रियल म्याड्रिड फ्यान क्लबका रिजनल हेड समुद्र रावलले क्लबले दीर्घकालीन सामाजिक गतिविधिका योजनाहरू बनाएको जानकारी दिए।

“रियल म्याड्रिड फ्यान क्लब नेपालको आधिकारिक विङ्समध्ये एक भएको नाताले जुम्ला शाखाले जुम्ला-रारा अल्ट्रा म्याराथनमा स्वयंसेवी भूमिका निर्वाह गरेको छ,” उनले भने, “आगामी दिनमा पनि हाम्रो सामाजिक सक्रियता कायम रहनेछ।”

जुम्ला-रारा अल्ट्रा म्याराथनमा ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरका तीन विधामा सयौं धावक सहभागी छन्।

रियल म्याड्रिड फ्यान क्लब जुम्लाले सहभागी सबैलाई नि:शुल्क पानी वितरण गरेर स्वयंसेवी भूमिका निर्वाह गरेपछि ५ किलोमिटर दौडको पुरुषतर्फका विजेता पदमराज धितालले उदाहरणीय काम भएको भन्दै प्रशंसा गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार