जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करणको ५१ किलोमिटर पुरुषतर्फ दल बहादुर कुँवरले अन्तिम चेकपोइन्ट फिनिसिङ गर्ने पहिलो धावक बनेका छन्।
गत वर्षका विजेता समेत रहेका कुँवरले यो प्रतियोगितामा फेरि आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखेका छन्।
कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित म्याराथनमा ५९१ धावक सहभागी छन्।