यो प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए।
कालीकोटको पचालझरना गाउँपालिका–२, पडेक्षा खेलमैदानमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तिलागुफा नगरपालिकाले कब्जा गरेको छ। प्रतियोगितामा तिलागुफाले १४ स्वर्ण, ९ रजत, र ८ कांस्यसहित कुल ३१ पदक जितेर शीर्ष स्थान हासिल गरेको हो।

नरहरिनाथ गाउँपालिकाले १७ पदक (७ स्वर्ण) सहित दोस्रो स्थान प्राप्त गर्यो भने पलाँता गाउँपालिकाले ६ पदक (४ स्वर्ण) जित्दै तेस्रो भयो। पचालझरना गाउँपालिका चौथो र खाँडाचक्र नगरपालिका पाँचौं स्थानमा रहे।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न यो प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए।

समापनका अवसरमा बसेको बैठकले १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरहरिनाथ गाउँपालिकामा आयोजना गर्ने निर्णय गरेको छ। साथै, प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई पोशाक, यातायात र बन्द प्रशिक्षणको व्यवस्था गरिने घोषणा गरिएको छ।
