मंगलवार, ३ असार, २०८२

कविता : अस्पतालमा म बिरामी कुरुवा

जिन्दगी म सबै कुरा भोग्नु पर्ने रहिछ
सबै राम्रो होस् भन्ने सोच्नु पर्ने रहिछ
आफ्नै मनलाई बेला बेला घोच्नु पर्ने रहिछ
जीवन र मृत्युसँग लडिरहेका
निन्द्रा हो कि अनिन्द्रा म सुतिरहेको
बेडको नम्बरका भरमा पल्टिरहेको

फेरि उसकै मनमा पलाई रहेको
कतै सधैंलाई निदाउँछु की
यतै अस्पतालमै हराउँछु की
परिवारलाई पिर गराउँछु की
कुरिरहेका आफन्त
पल पलको भगवान् पुकार

केहि नहोस् भन्ने आश
परिवारलाई बुझाउनुपर्ने खबर
केहि बेरमा सोच्छ उही
मेरो बाध्यता हो
हैन कुनै रहर
बेला बेला आउने
डक्टर अनि औषधीको भर।

कति बेला खाउँ भनि गरिएको कहर
मन अनि आत्मा कति रित्यो होला
चार पाँच दिन कसरी बित्यो होला?
छिट्टै निको होस् भन्ने सोचाई
अस्पतालमाको बसाई।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार