मंगलवार, ३ असार, २०८२

जुम्लामा एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध विद्यार्थीहरूमाझ जनचेतना अभियान

विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा रहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एएमआर क्लबले शुक्रबार फागुन २४ गते श्री ब्राइट फ्युचर देउली बोर्डिङ स्कूल, चन्दननाथ नगरपालिका-४, अस्पताल रोड, जुम्लामा विद्यार्थीहरूलाई लक्षित गरी एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

यो कार्यक्रम निम्याट नेपालद्वारा सञ्चालित युथ एग्निष्ट एएमआर अभियानअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई प्रतिजैविक औषधिको सही प्रयोग र यसको दुरुपयोगले निम्त्याउने एन्टिमाइक्रोबियल प्रतिरोधको जोखिमबारे जानकारी दिइएको थियो।

यो अभियानअन्तर्गत जुम्लाका श्री कर्णाली मावि, चन्द्रनाथ नगरपालिका-२ र श्री सीता माध्यमिक विद्यालय, तिला गाउँपालिका-१, रारा लगायतका विद्यालयहरूमा पनि यस्तै जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

निम्याट नेपालले गत अक्टोबर १५ देखि सञ्चालन गरेको युथ एग्निष्ट एएमआर अभियानमा नेपालभरका १५ सय भन्दा बढी युवाहरू सहभागी भई क्षमता विकास तालिम लिएका छन्। तालिमपछि उनीहरूले आ-आफ्नो समुदायमा प्रतिजैविक प्रतिरोधविरुद्ध जनचेतना फैलाउने कार्य गरिरहेका छन्।

विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा रहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस कार्यक्रमबारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पब्लिक हेल्थ विभागमा अध्ययनरत विद्यार्थी दिलिप प्रसाद हरिजनले जानकारी दिएका हुन्। उनले भने, “यो अभियानले युवा र विद्यार्थीहरूलाई सचेत बनाउँदै समुदायस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार