आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय निकुञ्जका कर्मचारीहरू खटिएका थिए। जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जनाको टोली पनि घटनास्थलमा पुगेको थियो। बिहान ३ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण होटेलमा रहेका १०० भन्दा बढी पाहुनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
मुगुको रारा ताल किनारमा अवस्थित डाँफे होटेलमा बुधबार राति भएको आगलागीले पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ। रारा ताल घुम्न आउने पर्यटकका लागि मुख्य आश्रयस्थल मानिने यो होटेलमा भएको आगलागीले करोडौंको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
काठले बनेका चारवटा भवन पूर्णरूपमा जलेर खरानी भएपछि अब रारा किनारमा पर्यटकलाई बास बस्ने सुविधा निकै कठिन हुने देखिएको छ। राति १२ बजेतिर होटेलको भान्साबाट सुरु भएको आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण अन्य भवनमा फैलिएको प्रहरी हवल्दार विक्रम बहादुर विष्टले बताए।
आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय निकुञ्जका कर्मचारीहरू खटिएका थिए। जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जनाको टोली पनि घटनास्थलमा पुगेको थियो।
बिहान ३ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण होटेलमा रहेका १०० भन्दा बढी पाहुनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
उनीहरूलाई नजिकैको माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। तर, होटेलका सबै सामान, लजिङ सुविधा र भवनहरू नष्ट भएकाले रारा क्षेत्रको पर्यटन व्यवसायमा ठूलो चुनौती थपिएको छ।
रारा ताल किनारमा रहेको एकमात्र सुविधासम्पन्न होटेलका रूपमा डाँफे होटेल चिनिन्थ्यो। यसअघि तीन वर्ष पहिले हिरिटेज होटेलमा पनि आगलागी भएको थियो, जसले त्यसको सेवा प्रभावित भएको छ।
अब डाँफे होटेल पनि नष्ट भएपछि पर्यटकहरूले रारा ताल घुमेपछि बास बस्न माझघट्ट, सल्लेरी, लामाचौर वा मुर्माटपसम्म पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ।
स्थानीय प्रहरी अझै घटनास्थलमा रहेको र स्थलगत मुचुल्कापछि क्षतिको पूर्ण विवरण सार्वजनिक गरिने बताइएको छ। यो घटनाले रारा तालको प्राकृतिक सुन्दरताको आनन्द लिन आउने पर्यटकका लागि ठूलो असुविधा मात्र होइन, स्थानीय पर्यटन व्यवसायको भविष्य पनि संकटमा परेको छ।