आईतवार, १७ फाल्गुन, २०८२

मस्की मस्की हिँड्ने उनको त्यो हिँडाइमै सरावी
जति हेर्‍यो हेरौँ लाग्ने उनको रूपमै सरावी।

कति राम्रो मुस्कान् त्यो काला काला गोला आँखा
वर्णन् उनको कसरी गरूँ त्यो जवानीमै सरावी।

कानमा झुम्का नाकमा फुली बान्की मिलेको जिउ
औंला टोक्दै छड्के हेर्ने उनको हेराइमै सरावी।

घाम एउटै चन्द्र एउटै तर सोच् बेेग्ला बेग्लै
सुनौँ सुनौँ लागिरहने उनको मुखारमै सरावी।

उभिने धरती एउटै पिउने पानी पनि एउटै
तर पनि खित् खित् हाँस्ने उनको हाँसोमै सरावी।

मेरो देशको शेरोफेरो घुम्दै भुलि रहुँ जस्तो
किन किन त्यो मैयाको हेर्ने नजरमै सरावी।

२०८१/११/१०/७

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल