मंगलवार, ३ असार, २०८२

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएकाे छ ।

काठमाडौँ —काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको हो । प्रमुख चौधरीले भने, ‘प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो । हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ ।’

पाइप विस्फोट हुँदा बबरमहलमा सडकसमेत भासिएको छ । सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए । उनले भने, ‘प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो । सडक पनि भासिएको छ । अब प्राधिकरणले त्यो बनाउँछ । जसले बिगारेको हो त्यसैले बनाउने हो । याे विषयमा प्राधिकरण लाई गैर जिम्मेवार ठहराईएकाे छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार