परिवारका अनुसार हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंदै थिए। उनी बनारसबाट नेपाल फर्किने क्रममा बेपत्ता भएका हुन्।
चन्दननाथ नगरपालिका-२ निवासी ४२ वर्षीय जीवन हमाल चार दिनदेखि सम्पर्कविहीन भएका छन्। तीर्थयात्राका लागि भारत गएका हमाल नेपाल फर्किने क्रममा हराएका हुन्।
परिवारका अनुसार हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंदै थिए। उनी बनारसबाट नेपाल फर्किने क्रममा बेपत्ता भएका हुन्। हमालका आफन्त नन्द बहादुर मल्लका अनुसार उनीसँग चार दिनदेखि कुनै सम्पर्क हुन सकेको छैन।
परिवारले खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयले हमालको खोजी कार्य जारी राखिएको जनाएको छ। प्रहरीका अनुसार भारतसँग समन्वय गरी आवश्यक अनुसन्धान थालिएको छ।