मंगलवार, ३ असार, २०८२

सांसद ज्ञानेन्द्र शाहीलाई पितृशोक

सोमबार दिउँसो शाहीका बुबाको निधन सुर्खेतको विरेन्द्रनगरमा भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक, जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीका पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा आज असामयिक निधन भएको छ।

सोमबार दिउँसो शाहीका बुबाको निधन सुर्खेतको विरेन्द्रनगरमा भएको हो। सांसद शाहीका पिताको निधनप्रति विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता तथा आम नागरिकले गहिरो दुःख व्यक्त गरेका छन्।

शाही परिवारले यस कठिन क्षणमा सहयोग र सहानुभूति व्यक्त गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार