शनिबार, २४ माघ, २०८२

राष्ट्रिय दलित गोलमेच सम्मेलनका लागि अवधारणा पारित

बैठकले २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। देशभर छरिएर रहेका दलित समुदायका अभियन्ताहरूलाई एकत्रित गर्दै साझा विचार र उद्देश्य तय गर्न यो सम्मेलन आयोजना गर्न लागिएको हो।

राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवालयको बैठकले दलित गोलमेच सम्मेलनको अवधारणा पत्र पारित गरेको छ। बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल अग्निशिखा, तारासिंह विश्वकर्मा, सुनिल राम, संगिता कुमारी राम, तुलसी रसाइली, राजेश नेपाली, प्रकाश टमटा प्रतिकारलगायतका सदस्यहरूको उपस्थिति थियो।

बैठकले २०८२ वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। देशभर छरिएर रहेका दलित समुदायका अभियन्ताहरूलाई एकत्रित गर्दै साझा विचार र उद्देश्य तय गर्न यो सम्मेलन आयोजना गर्न लागिएको हो।

सचिवालयले सम्मेलनका लागि विस्तृत अवधारणा पत्र तयार गरी सार्वजनिक गरेको छ। सो अवधारणा पत्रमा दलित समुदायको वर्तमान अवस्था, प्रतिरोध र संघर्षको आवश्यकता, तथा गोलमेच सम्मेलनका राष्ट्रिय र अन्तर्राष्ट्रिय सिकाइहरू समेटिएको छ। साथै सम्मेलन तयारी, व्यवस्थापन, विधि र भावी योजनाबारे समेत छलफल गरिएको थियोे।

अवधारणा पत्रमा सम्मेलनका उद्देश्य र संभावित एजेन्डा प्रस्तुत गरिएको छ। यसमा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा दलित समुदायको पहिचान र इतिहास, सामाजिक अन्तरविरोधको विश्लेषण, र दलित मुक्तिका सिद्धान्त र दर्शनको व्याख्या गरिएको छ।

सम्मेलनमा दलित महिला मुक्ति, अन्तरदलित सहकार्य, र गैरदलितहरूको भूमिकाबारे पनि छलफल हुनेछन्। दीर्घकालीन, मध्यकालीन र अल्पकालीन संघर्ष कार्यक्रम तथा प्राथमिकताहरूको निर्माण गर्ने उद्देश्यले विविध विषयमा साझा समझदारी बनाउन अपेक्षा गरिएको छ।

२०७९ माघमा बसेको संयुक्त गोलमेच बैठकले सम्मेलनको प्रस्ताव अघि सारेको थियो। त्यसकै निरन्तरतास्वरूप सचिवालयले सम्मेलनको तयारीको पृष्ठभूमि तयार गरेको हो। सम्मेलनको व्यवस्थापन र तयारीलाई प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गरिनेछ।

वित्थड चीर प्रवासी दलित एकता समाजका प्रवक्ता तथा दलितका लागि दलित अभियान केन्द्रीय समिति सदस्य सुशील ओखेडाले अवधारणा पत्र र सम्मेलनका उद्देश्यबारे जानकारी दिएका छन्। यस सम्मेलनमार्फत दलित समुदायका मुद्दाहरूमा एकरूपता ल्याउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दलित आन्दोलनलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार