मंगलवार, ३ असार, २०८२

कविता : म मास्टर हुँ

म मास्टर हुँ
म सर हुँ
म गुरु हुँ
म शिक्षक हुँ
म टिचर हुँ


न घर छ
न घडेरी छ
त्यही तनखा छ
त्यही श्रेणी छ
उसको घर छ
उसको घडेरी छ
उ कर्मचारी हुँ भन्छ।

त्यसैले,
मास्टर हेलामा छ
टिचर हेलामा छ
शिक्षक हेलामा छ
न घर छ
न घडेरी छ
गुरु हेलामा छ
भन्नेले त भन्छन्
गुरु ब्रह्रमा
गुरु बिष्णु
गुरु महेश्वर
यथार्थमा गुरु हेलामा छ।


न घर छ
न घडेरी छ।
म सँग ठूलो
सन्तुष्टि छ।

म स्कुल बनाउनका लागि राजनीति गर्छु ।
ऊ घर बनाउनका लागि राजनीति गर्छ ।
उ मलाई झोले भन्छ
मास्टरले झोला नबोके के बोक्छ ?
तपाईंको जस्तो कालो धन बोकु ?

म सर हुँ
म गुरु हुँ
म शिक्षक हुँ
म टिचर हुँ
न घर छ
न घडेरी छ


त्यही तनखा छ
त्यही श्रेणी छ
उसको घर छ
उसको घडेरी छ
म सँग
बस
सन्तुष्टि छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार