मंगलवार, ३ असार, २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार