शुक्रबार, २६ पुष, २०८१

जुम्ला साक्षर जिल्ला घोषणा

बुधबार आयोजित विशेष कार्यक्रममा जुम्ला ९५ प्रतिशत भन्दा बढी साक्षर जनसंख्या भएको पुष्टि गर्दै “साक्षर जिल्ला” घोषणा गरियो।

कर्णाली प्रदेशको दुर्गम तर समृद्ध इतिहास बोकेको जुम्ला जिल्ला आज सामाजिक रूपान्तरणको एक महत्वपूर्ण उचाइमा पुगेको छ।

बुधबार आयोजित विशेष कार्यक्रममा जुम्ला ९५ प्रतिशत भन्दा बढी साक्षर जनसंख्या भएको पुष्टि गर्दै “साक्षर जिल्ला” घोषणा गरियो।

सदरमुकाममा सम्पन्न यो उत्सवमा कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाही प्रमुख अतिथि थिए भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले औपचारिक घोषणा गरे।

जुम्ला साक्षर जिल्ला घोषणाका लागि १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूमा ९५ प्रतिशतभन्दा बढी साक्षरता दर पुर्‍याउनुपर्ने राष्ट्रिय मापदण्ड पूरा गरिएको छ।

सरकारी तथ्यांकअनुसार जुम्लाको यो उमेर समूहका ७२ हजार ३१९ जनसंख्याको ९६.०७ प्रतिशत अर्थात् ६९ हजार ४७७ नागरिकले साक्षरता प्राप्त गरेका छन्।

साक्षरता अभियानका लागि सामाजिक विकास कार्यालय, पेश नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेन, र किरडाक नेपालजस्ता संस्थाहरूको सहकार्यमा सघन प्रयास गरिएको थियो।

राष्ट्रिय साक्षरता मापदण्डले व्यक्तिको नाम लेख्न सक्ने, अंक गणना गर्न सक्ने, मोबाइल फोन चलाउन सक्ने, र ट्राफिक नियम पालना गर्न सक्ने जस्ता १२ सूचकलाई आधार मानेको छ। ती मध्ये कम्तीमा ५० प्रतिशत सूचक पूरा गर्ने नागरिकलाई साक्षर मानिन्छ।

यो मापदण्डका आधारमा जुम्लाका सबै पालिकाहरू साक्षर घोषणा भइसकेपछि जिल्लालाई साक्षर घोषणा गर्न मिति तय गरिएको थियो।

जुम्लाका आठ पालिकाहरूमा साक्षरताको दर निकै उत्साहजनक छ।
कनकासुन्दरी गाउँपालिका: ९७%
हिमा गाउँपालिका: ९६%
सिंजा गाउँपालिका: ९६.५%
चन्दननाथ नगरपालिका: ९८.९१%
पातारासी गाउँपालिका: ९५.२५%
तातोपानी गाउँपालिका: ९५.७७%
गुठिचौर गाउँपालिका: ९५.७३%
तिला गाउँपालिका: ९५.४%

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्