“घटना आज दिउँसो करिब २:३० बजे भएको हो,” उनले भने, “उक्त गृहिणी तारा शाही घटनापछि बेहोस अवस्थामा फेला परेकी छिन्।”
जुम्ला जिल्लाको हिमा गाउँपालिका–६ पातरखोला गाउँमा एक घरमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।
घरका सबै सदस्यहरू बाहिर काममा गएको समयमा सोलारको तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
आगलागीका कारण घरमा भएको चालीस हजार नगद, लत्ताकपडा, अन्न, र भण्डारण गरिएको सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ।
साथै, आगोमा २ तोला सुनसमेत जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक डेनी थापाले बताए। उनका अनुसार आगलागीले पीडित परिवारलाई ठूलो आर्थिक नोक्सानी भएको छ।
“घटना आज दिउँसो करिब २:३० बजे भएको हो,” उनले भने, “उक्त गृहिणी तारा शाही घटनापछि बेहोस अवस्थामा फेला परेकी छिन्।”
उनलाई तत्काल स्वास्थ्य परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।
हालसम्म उनको स्वास्थ्य अवस्था र अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि स्थानीय तहले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन पहल गरिरहेको छ।