बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रशासनिक भवन उद्घाटन गरेका हुन।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवामा ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन्।
बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रशासनिक भवन उद्घाटन गरेका हुन।
उद्घाटन गरिएको भवनबाट मेडिकल शिक्षा, अनुसन्धान, र विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराईने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
यो भवनको उद्घाटनसँगै कर्णाली प्रदेशका बासिन्दाले अब नजिकैबाट स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्, जसले क्षेत्रीय स्वास्थ्य सेवाको स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।