सोमबार, ८ पुष, २०८१

कीर्तिमान बनाउँदै चीनमा सुनमायाले जितिन् ट्रेल रेसको उपाधि

सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरेपछि उनको नाममा नयाँ कीर्तिमान बनेको हो।

पछिल्लो समयमा लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी जुम्लाकी सुनमाया बुढाले चीनमा नयाँ रेकर्ड बनाएकी छन्।

विश्वभर चर्चा बटुल्दै गएकी अल्ट्रा धावक सुनमायाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्।

शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन्।

सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरेपछि उनको नाममा नयाँ कीर्तिमान बनेको हो।

सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन्।

‘धेरै राम्रो भयो। ट्रेल अमेजिङ थियो। मैले रेस एकदम इन्जोए गरें,’ उनले भनिन्, ‘धेरै समर्थकहरु चियर गरिरहेका थिएर म एकदमै खुशी छु।’

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५:३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन्। रुक्षफाङ चोउ तेस्रो भइन्।

उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन्। यस्तै उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छिन्।

भिडियो हेर्नुस्

https://www.facebook.com/share/v/FqZaqzKC8X2GJmkH

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार