चालकको शव पोष्टमार्टमको लागि कालीकोट अस्पताल मान्म लगिएको छ।
कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत तिलागुफा नगरपालिका-५ खल्लागाडमा शनिबार मालबाहक मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालकसहित ३ जना घाइते भएका छन्।
बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१३ का ४१ वर्षीय चालक हुमबहादुर खड्काको मृत्यु भएको हो।
कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार मिनी ट्रकमा सवार सहचालक बुटवल उपमहानगरपालिका-१३ बस्ने ४० रामवहादुर विक, मान्मबाट जुम्ला जान लागेकी खाँडाचक्र नगरपालिका-१ की ३७ वर्षीया एकुमाया उपाध्याय र उनकी ६ वर्षीया छोरी ग्रीष्मा घाइते भएका छन्।
उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। घाइतेमध्ये सहचालक विकको ढाडमा गम्भीर चोट छ। ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ भने ट्रकको समान समेत पुरै क्षति भएको छ।
चालकको शव पोष्टमार्टमको लागि कालीकोट अस्पताल मान्म लगिएको छ। सडक उकालो भएकाले चढ्न नसकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ।
यो पनि पढ्नुस्