बिहीबार, ७ जेष्ठ, २०८३

डोल्पाका आठ पालिकामध्ये जगदुल्लाको बेरुजु सबैभन्दा कम

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये जगदुल्ला गाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार जगदुल्लाको बेरुजु २२ लाख ७१ हजार रुपैयाँ अर्थात् ०.३६ प्रतिशत मात्रै रहेको हो।

दुई नगरपालिका र छ गाउँपालिका रहेको डोल्पामा आर्थिक पारदर्शिता, नीति नियमको पालना र प्रभावकारी आन्तरिक लेखा परीक्षणका कारण जगदुल्ला अग्रस्थानमा रहेको जनाइएको छ।

कम बेरुजु हुने दोस्रो स्थानीय तह डोल्पोबुद्ध गाउँपालिका रहेको छ, जहाँ ५० लाख ४० हजार रुपैयाँ अर्थात् ०.९९ प्रतिशत बेरुजु देखिएको छ।

त्यसैगरी शे–फोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा क्रमशः बढी बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा बढी बेरुजु भने ठूलीभेरी नगरपालिकाको ४ करोड ६९ लाख ३१ हजार रुपैयाँ अर्थात् ४.६१ प्रतिशत रहेको छ।

जगदुल्ला गाउँपालिकाले बेरुजु शून्यमा झार्ने लक्ष्यसहित नीति, नियम र निर्देशिका कार्यान्वयनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार