नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्मचार्य काठमाडौं महानगरपालिका -२८ निवासी हुन। उनी ६१ वर्षका भए।
नेपालका सर्वाधिक रक्तदाता प्रेम सागर कर्माचार्यले १८० औं रक्तदान कार्यक्रम जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका छन्। हरेक पल्ट फरक फरक ठाउँमा रक्तदान गर्ने उनले यो पटक जुम्लामा रक्तदान गरेका हुन।
नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्मचार्य काठमाडौं महानगरपालिका -२८ निवासी हुन। उनी ६१ वर्षका भए।
पश्चिम नेपालको ठुलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको डेढ दशकसम्म पनि ब्लड बैंक स्थापना भएको छैन। उपचारमा भएको असहजता अन्त्य गर्न र ब्लड बैंकको स्थापनाको पहल गर्न जुम्ला पुगेको उनको भनाई छ।
‘रगत नपाएर धेरै बिरामी छटपटिरहेको हामीले देखेका छौं। यति हुँदा पनि ब्लड बैंक स्थापना हुन सकेको छैन,’ उनले भने, ‘मेरो यो कार्य उत्प्रेरणा हो। मैले देशभर ब्लड बैंक खोल्नु पर्छ भन्ने जाँगर फैलाउन खोजेको छु।’
दुर्गमदेखि सुगमका सबै स्वास्थ्य संस्थाहरुमा रगतको अभाव हुन नदिन र उपचारलाई सहज बनाउनु पर्छ भन्ने जाँगरण सहित देश दौडामा रहेका छन्। रक्तदाता कर्माचार्यको अगुवाईमा जुम्लामा रगत व्यवस्थापनको लागि एक स्वयंसेवक समिति गठन गर्ने तयारी समेत रहेको छ।