तिम्रो याद यसरी आउँछ , प्याला लगाएपछि।
रुवाउछ फेरि हँसाउछ, प्याला लगाएपछि।
मायामा धोका खाएको एक पागल प्रेमीले,
आफ्नो पीडा सुनाउँछ, प्याला लगाएपछि।
यता प्रियाको सामु एक वचन नबोल्नेले,
उता श्रीमती थर्काउँछ, प्याला लगाएपछि।
नेपाली विषय लागेर फेल भएको जडियाँ
अँग्रेजी बोल्न सिकाउँछ, प्याला लगाएपछि ।।
















