सेजुवालले हिमाली जिल्लामा हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको बताए।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सडक पहुँच नभएका हिमाली जिल्लाहरूमा चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन पनि माग गरेको छ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले हिमाली जिल्लामा हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको बताए।
उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकलाई अघि बढाउन पनि नेविसंघले माग गरेको छ।
अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डल टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई शुल्क सर्वसुलभ बनाउन ध्यानाकर्षण समेत गराएको उनको भनाइ छ।
मुख्य राजमार्ग र सडकहरू बाढीपहिरोका कारण अवरूद्ध रहेको बेलामा हवाई शुल्क सर्वसुलभ हुनुपर्ने भनाइ नेविसंघको माग छ।















