आईतवार, २८ पुष, २०८१

जब नदीका दुई किनारा भयौं

तिम्रो साथ पाउँदै अगाडि अगी बढ्दै गर्दा धेरै कुराहरु सिक्न र सिकाउन पाएँ। पाउन र त्याग्न पाएँ। चिन्न र चिनाउन पाएँ।

वर्ष फेरियो। तिमी फरियौ। उमेर फेरियो। यो गाउँठाउँ फेरियो। तर हेर त म जहाँको त्यहीँ छु!

तिमी त वर्षसँगै अघि बढेर एक्लै गयौं। तर मलाई हेर त तिमीले छोडेको त्यहीँ पुरानो ठाउँमा छु।

हाम्रो सामिप्यता र हाम्रो यादसँगै त्यही पुरानो वर्ष मै रोमलीरहेँ, म। यो वर्षसँग मलाई पनि तिमी सँगै लिएर गएको भए आज तिमी र म हामी भएर अगाडि बढीरहेका हुन्थ्यौं।

तर अफसोस वर्ष फेरिएसँगै तिमी पनि फेरिएर गयौं। चाहन्थेँ सबथोक फेरिए पनि तिम्रो र मेरो सम्बन्ध कहिलै नफेरियोस्।

तिमी र म मिली गरेका बाचा अनि बुनेका सपना त त्यहीँ पुरानो वर्षमै छोडिएछ। हरेक बाधाहरू पार गरी आएका हामी त हाम्रो सम्बन्धमा आएका बाधालाई कटाएर आउने नयाँ वर्षमा अगाडि लिएर बढ्न सकेनौं।

तिम्रो साथ पाउँदै अगाडि अगी बढ्दै गर्दा धेरै कुराहरु सिक्न र सिकाउन पाएँ। पाउन र त्याग्न पाएँ। चिन्न र चिनाउन पाएँ।

अन्ततः यो आउँदै गरेको नयाँ वर्षसँगै तिमीले थामेका ती हातहरू सदाका लागि गुमाउन पुगे। तिमी मेरो भएर अनि म तिम्रो भएर जिन्दगी कटाउने त्यो रहर त यसै बालुवामा पानी हाले सरह भयो।

भन्न र देखाउन मन थियो, तिमी मेरो हात र साथ थामी देउ। पुरै जिन्दगी तिम्रो नाममा समर्पित गरिदनेछु र हामीले देखेका हरेक सपना सबैको सामु पूरा गरिदिनेछु।

कहिल्यै कल्पना नगरेको दिन दिन भोग्नु परिरहेको छ। एउटै बाटो र एउटै गन्तव्यमा हिँडेका हामी नदी भेटिने बित्तिकै दुई किनारा हुन्छौं भनेर!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्