भावनाको भकारी मुटु भित्र भरीँदा पनि मलाई एक सिता भात मुखमा राख्न मन लाग्दैन।
आमाले थोपा रगतसँगै अछेता मुछेर लगाइदिनु भयो। थाहा छैन म कस्तो भाग्य लेखेर जाँदैछु, आफ्नो निधारमा!
बाबाले पनि आँसुको भेल परेलीको बाँधमा रोकेर राख्नु भाएको थियो म, विदेश उड्ने दिन। अनि म बाआमासँग विदा मागि झुटो हासोसँगै छिट्टै फर्कि हाल्छु नि भनेर लम्कीएँ।
तर फर्केर हेर्ने आँट भने ममा थिएन। गाउँ छोड्दै गर्दा गोरेटोमा बनाएका साथीहरुको यादले तानिएको थियो।
त्यो दिन बाटोको चौतारीमा बसेर मिठा गफगाफ गर्ने बुढाबुढीका ती गफ सम्झिँदै म निरन्तर अघि बढिरहेँ।
अनि सम्झन्छु म त जवानी विदेशमा धरौटी राख्न जाँदैछु। वर्षै पिछे न काम, न फुर्सदको जिन्दगी, बिहान सबैरै उठ्यो। कुध्यो। न आफ्नो पन न आफ्नो मान्छे।
भावनाको भकारी मुटु भित्र भरीँदा पनि मलाई एक सिता भात मुखमा राख्न मन लाग्दैन।
अघाइसकेछु क्यारे, तर थाहा छैन कहिलेसम्मको भागदौड? कहिलेसम्म विदेश?
आँखा भरी आँसु पुछेर भए पनि घरमा सबैलाई सम्झाउनै पर्ने रहेछ। सबै ठिक छ। चिन्ता न लिनुस्, म ठिक छु।
तर मलाई न सोध्नुहोस् कस्तो छ विदेश? भनेर। म यस्तै छ विदेश मात्रै भन्छु।
मैले पढेको राजा त्रिभुवनले अन्तर्राष्ट्रिय एयरपोर्ट विदेशी पर्यटक भित्र्याउनको लागि बनाएका थिए।
तर मैले देखेको यहाँ हाम्रै नेपाली कर्णधार सपुत र युवा शक्ति आँखामा आँसु र परिवारको जिम्मेवारी लिएर विदेशिनु परिरहेछ l आखिर कहिलेसम्म त विदेश?