सुर्खेतमा सरकारी मोटरसाईकलले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका -१० रहरपुरका ४० वर्षीया चैते थारुको निधन भएको छ।
घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाईकलको ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका पहरुनायव निरीक्षक विरेन्द्र विर विश्वकर्माका अनुसार ठक्करकबाट थारुको टाउको र आँखामा गहिरो चोट लागेको थियो।
गम्भिर घाइते भएका थारुलाई उपचारका लागि माया नर्सिङ होममा नसकिएछि कर्णाली अस्पतालमा रिफर गरिएको थियो। प्रहरीका अनुसार उपचारका क्रममा थारुको मंगलबार विहान निधन भएको हो।
मोटरसाईकल चालक अदानचुली गाउँपालिका २ का २३ वर्षीय धिरेन्द्र बुढा रहेको खुलेको छ।
मोटरसाईकल हुम्लाको एक सरकारी कार्यालयको रहेको छ। तर चालक बुढा भने सरकारी कर्मचारी नरहेको खुलेको छ।
कर्मचारी नै नभएको व्यक्तिले मोरसाईकल दुरुपयोग गरे? यो विषयमा प्रहरीका अनुसार कसैले हुम्ला खानेपानी कार्यालय भने पनि अझै एकिन नभएको र थप अनुसन्धान भइरहेको बताएको छ।
प्रहरीका अनुसार चालक बुढालाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको छ।