शनिबार, २१ कार्तिक, २०८३

कविता : आसन बडेमान ठान्छ

​बातचित
लेसिला हुन्छन्
आदर्श बहुत
वजनदार लाग्छ
आसन बडेमान ठान्छ
शासन उपल्लो बनिदिन्छ
काशन अग्लो देखिन्छ।

​लस्कर लामै भैदिन्छ
जमात घना बस्छ
फौज मजबुत मानिन्छ
देखावटी कदापि पातलो हुन्न।

​चुनौती भने चुपचाप बस्छन्
मतभेद निकै
दुर्बोध ठान्छन्
तर
आनिबानी त
मैलो वेगमा दौडिन्छन्।

​नतिजा भने झनै
होचा भएर ढिलो पुग्दासम्म
बातचित लेसिला हुन छोड्दैनन्
आदर्श बहुतै वजनदार बनी
बसिरहेका हुन्छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार