हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले लेखेको पुस्तक ‘आधा अध्याय’ यही असोज २८ गते बुधबार सार्वजनिक गरिने भएको छ। काठमाडौँको नक्साल, हात्तिसारस्थित अरण्य बुटिक होटलमा बिहान ९ बजे एक विशेष समारोहबीच पुस्तकको लोकार्पण हुन लागेको हो।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित भई पुस्तक लोकार्पण गर्ने कार्यक्रम तय भएको छ।
लेखक शाहीका अनुसार ‘आधा अध्याय’ केवल व्यक्तिगत जीवनयात्राको अभिव्यक्ति मात्र नभई समसामयिक समय, समाज र जीवनका विविध आयामलाई बुझ्ने र प्रस्तुत गर्ने प्रयास हो।
समारोहमा विभिन्न राजनीतिकर्मी, साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
पुस्तकको प्रकाशन कुटीरो रिसर्च सेन्टरले गर्न लागेको हो।
















