तातोपानी गाउँपालिकामा संरक्षणको आवश्यकता भएका तथा अति विपन्न बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा किर्डाक नेपाल सहयात्रा तेस्रो परियोजनाको सहयोगमा, तातोपानी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा
गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका १२४ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज वडा नं. ३ का २२ जना अति विपन्न तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
बालबालिकालाई चिसो मौसमबाट सुरक्षित राख्दै उनीहरूको स्वास्थ्य तथा संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

















