शुक्रबार, ९ आश्विन, २०८३

प्राविधिक समस्याका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान सेवा अवरुद्ध


​
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा सञ्चालनमा रहेको सिटी स्क्यान (CT Scan) सेवा प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ।

​अस्पतालमा रहेको सिटी स्क्यान मेसिनमा बुधबार एक्कासी प्राविधिक समस्या देखिएपछि सेवा अवरुद्ध हुन पुगेको प्रतिष्ठानले जनाएको छ। सेवा प्रभावित भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राही मारकामा परेका छन्।

​प्रतिष्ठानका निर्देशक डा. विनम्र विष्टद्वारा जारी सार्वजनिक सूचना अनुसार उक्त प्राविधिक समस्यालाई यथाशीघ्र समाधान गरी सेवा पुनः सुचारु गर्न प्राविधिक टोली तदारुकताका साथ खटिसकेको छ।

​एक्कासी सेवा बन्द हुँदा सेवाग्राही तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति प्रतिष्ठानले क्षमायाचना गरेको छ। साथै, सिटी स्क्यान सेवा मर्मत भई पुनः सञ्चालनमा आउनासाथ अर्को सूचनामार्फत जानकारी गराइने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार