बुधबार, १७ भाद्र, २०८३

विपद् प्रभावितका लागि जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण बुढाद्वारा ५५ हजार ५५५ सहयोग

प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्सका प्रोपराइटर बालकृष्ण बुढाक्षेत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५ हजार ५५५ सहयोग गरेको छ।

कम्पनीले विपद्को कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। बैंकको भुक्तानी विवरणअनुसार ‘सनलाइट इलेक्ट्रोनिक एण्ड मोबाइल्स’को नामबाट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

प्रोराइटर बुढाले सानो भए पनि विपद्का बेला गरिने सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै अन्य उद्योगी–व्यवसायी, संघसंस्था तथा युवाहरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार