सोमबार, १० कार्तिक, २०८३

बाढीपीडितका लागि जुम्लाका युवा व्यवसायी दिनेश खड्काद्वारा ५१ हजार १११ रुपैयाँ सहयोग

जुम्लाका युवा व्यवसायी दिनेश खड्काले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। खड्काले डि.के. स्टेप इन फेसन सेन्टर, कलंकीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।  उनले विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएका […]

भोटेकोशी बाढी : ११ हजार ८८४ जनाको उद्धार, राहतका लागि थप १ अर्ब निकासा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री शाहका अनुसार बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा भर्ना भएका २९२ जनामध्ये […]

रसुवा बाढीपीडितका लागि गुठिचौर गाउँपालिकाले १२ लाख ६७ हजारभन्दा बढी सहयोग गर्ने

रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जुम्लाको गुठिचौर गाउँपालिकाले १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाको गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सहयोग […]

विपद् प्रभावितका लागि जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण बुढाद्वारा ५५ हजार ५५५ सहयोग

प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सनलाइट इलेक्ट्रोनिक्स एण्ड मोबाइल्सका प्रोपराइटर बालकृष्ण बुढाक्षेत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५ हजार ५५५ सहयोग गरेको छ। कम्पनीले विपद्को कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। बैंकको भुक्तानी विवरणअनुसार […]

सबै दलको देश बनाउने नारा, देश चाँहि नरहने अवस्थामा !

अब सरकारले खर्ब कटौती गर्नुपर्छ । कर्मचारी, जनप्रतिनिधिको तलब र सेवासुविधा कटौती गर्नुपर्छ । करार कर्मचारी हटाउनुपर्छ । नजिक रहेका एउटै प्रकृतिका कार्यालय गाभ्नुपर्छ । वैदेशिक ऋण मिनाहाका निम्ति पत्र लेख्नुपर्छ । देशभित्रै राजस्वको स्रोत खोज्नुपर्छ । सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल परेको २० महिना भएको छ । २०८१ फागुन ९ गते मुलुक ग्रे लिस्टमा […]

बाढीपीडितका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले दिए ५५ हजार ५ सय

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरेका हुन्। बाढीपछि पीडित परिवारको जीवनयापन कठिन बनेका बेला तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरेको […]

ताजा समाचार