बाढीपीडितका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले दिए ५५ हजार ५ सय

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरेका हुन्। बाढीपछि पीडित परिवारको जीवनयापन कठिन बनेका बेला तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरेको […]




