मंगलवार, १६ भाद्र, २०८३

बाढी पीडितका लागि जुम्ला उद्योग वाणिज्य संघद्वारा १ लाख १ हजार सहयोग

भदौ १० गते रसुवा जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

संघका अध्यक्ष  दिल बहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। उनले भने, ‘बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। पुनर्निर्माणका निम्ति थोरै सहयोग पुगोस भनी सहयोग गरिएको हो।’

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको संघका उपाध्यक्ष बालकृष्ण बुढाक्षेत्रीले बताए।

उनका अनुसार संघले प्राकृतिक विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई साझा पीडा भएकाले कठिन परिस्थितिमा पीडितको साथमा उभिनुपर्ने जनाएको छ।

साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार