बुधबार, १० भाद्र, २०८३

जुम्लामा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

जुम्लामा चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–६, विजयनगरबाट क १६८४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको थियो। निवेदन प्राप्त भएपछि प्रहरीले मोटरसाइकलको खोजतलाससँगै घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले तिला गाउँपालिका–१, कुठिनास्थित खोलाको किनारबाट चोरी भएको मोटरसाइकलसहित तिला गाउँपालिका–७ बस्ने २५ वर्षीय वीरसिंह विकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विकलाई जिल्ला अदालत जुम्लाको आदेशअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालले घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले चोरी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै घटनाबारे थप तथ्य संकलन गरिरहेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार