शनिबार, ६ भाद्र, २०८३

ऐतिहासिक हाट सिजा क्षेत्रमा फोरजी सेवा सञ्चालन

नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने ऐतिहासिक हाट सिजा क्षेत्रअन्तर्गत कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजारमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। यससँगै गुठीज्युला र आसपासका क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा उपलब्ध भएको छ।

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारश पुजाराका अनुसार गुठीज्युलामा करिब दुई महिनाअघि नै टावर निर्माण सम्पन्न भएको थियो। तर विद्युत्को समस्याका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन। आवश्यक विद्युत् तथा प्राविधिक व्यवस्थापनपछि शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो।

पुजाराका अनुसार टावर जडान तथा सेवा सञ्चालनका लागि प्रदेश निर्देशनालयका वरिष्ठ इन्जिनियर भोजराज काफ्ले, प्राविधिक प्रेम रोकाया र जुम्ला शाखाको टोलीले स्थलगत रूपमा काम गरेको थियो।

फोरजी सेवा सञ्चालनमा आएपछि गुठीज्युला बजार तथा आसपासका बासिन्दालाई मोबाइल इन्टरनेट, सञ्चार, शिक्षा, व्यापार तथा दैनिक सूचना आदानप्रदानमा थप सहजता हुने प्रमुख पुजाराको दाबी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार