तिमी आफ्ना राम्रा गुणहरू खोज,
कमजोरी निकाल्नका लागि त मान्छेहरू छन् ।
यदि राख्नु नै छ भने पाइला अगाडि राख,
पछाडि तान्नका लागि त मान्छेहरू छन् ।
सपना देख्नु नै छ भने ठुला देख,
तल झार्नका लागि त मान्छेहरू छन् ।
आफ्नो भित्र जोसको झिल्को बाल,
जल्नका लागि त मान्छेहरू छन् ।
यदि बनाउनु नै छ भने सम्झनाहरू बनाऊ,
कुरा काट्नका लागि त मान्छेहरू छन् ।
माया गर्नु छ भने आफैलाई गर,
दुस्मनी गर्नका लागि त मान्छेहरू छन् ।
















