मंगलवार, १९ श्रावण, २०८३

सिँजाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि आवश्यक उपकरण उपलब्ध गराइने

जुम्लाको सिँजा गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न आवश्यक ट्रान्समिटर तथा अन्य प्राविधिक उपकरण उपलब्ध गराउने सहमति भएको छ। ऊर्जा मन्त्रालयमा सिँजा गाउँपालिकाका प्रतिनिधि र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठबीच भएको छलफलपछि उक्त सहमति जुटेको हो।

लामो समयदेखि राष्ट्रिय प्रसारण लाइन विस्तारको माग गर्दै आएका स्थानीयका लागि यसलाई समस्या समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीय बासिन्दाले माग पूरा नभए आन्दोलन तथा अनसनको तयारी गरिरहेका बेला मन्त्रालयस्तरको छलफलबाट समाधानको बाटो खुलेको हो।

छलफलमा गाउँपालिकाका विभिन्न प्रतिनिधिले विद्युत् पहुँच विस्तारका लागि आवश्यक पूर्वाधार अभावबारे ध्यानाकर्षण गराएका थिए।

सिँजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले, भने, ‘यो निर्णयले स्थानीयले लामो समयदेखि भोग्दै आएको विद्युत् समस्याको समाधानतर्फ महत्वपूर्ण कदम चालेको छ। आवश्यक उपकरण उपलब्ध भएपछि राष्ट्रिय प्रसारण लाइन विस्तारको कामले गति लिने विश्वास गरेका छौँ।’

त्यस्तै, वडा नम्बर १ का वडाध्यक्ष तीर्थ वर्डले आवश्यक ट्रान्समिटर तथा अन्य उपकरण उपलब्ध भएपछि गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार सहज हुने अपेक्षा गरेको बताए।

यसबीच, समस्या समाधानका लागि पहल गर्ने काठमाडौंमा रहेका सिँजाका विद्यार्थी, जनप्रतिनिधि तथा सिँजावासीप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। उनीहरूको समन्वय र निरन्तर पहलले सम्बन्धित निकायसँग संवाद अघि बढ्न सहयोग पुगेको जनाइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार