मंगलवार, १२ श्रावण, २०८३

कविता : आमा

आमा तिमी गएको दिनदेखि
त्यो घर र आँगनले हाँस्न बिर्सियो ।

ढोकामा उभिएर
म अझै तिम्रो बाटो हेर्छु
आमा तिमी आउँछौ कि भनेर ।

आमा तिमीले बनाएका परिकारको बास्ना
तिमीले पस्केर दिएको खानाको स्वाद
अब याद मात्रै बाँकी छ ।

आमा जब रात पर्छ
तब म तारा खोज्दिन अकासमा
मात्र तिमीलाई खोज्छु ।

(भाेजपुर, दल गाउँका युवा कवि राई अक्सर मातृ प्रेम, राष्ट्र प्रेममा कलम चलाउने गर्छन् । कवि राई हाल राेमानिया युरोपमा कार्यरत छन् ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार