सोमबार, १० कार्तिक, २०८३

जुम्लामा यातायात कार्यालयको राजस्वमा ३५ प्रतिशतले वृद्धि


​
जुम्लामा सवारी साधनको आवतजावत र यातायात क्षेत्रको आर्थिक गतिविधिमा व्यापक वृद्धि भएको छ। बढ्दो सवारी साधनको प्रयोग र व्यावसायिक सक्रियताले राजस्व बढ्न थालेको हो।

कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य वृद्धि गर्दै आफ्नो सेवा र प्रशासनको पहुँचलाई थप प्रभावकारी बनाएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।
​
‘विगतका वर्षहरूभन्दा चालु आर्थिक वर्षमा यातायात व्यवस्था कार्यालय जुम्लाले कुल राजस्वमा ५० लाख रूपैयाँ बढी वृद्धि भएको छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा १ करोड ४३ लाख २२ हजार ३ सय ८७ रूपैयाँ मात्र राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा सो रकम बढेर १ करोड ९४ लाख ४४ हजार १ सय १२ रूपैयाँ पुगेको छ।’

उनका अनुसार यसमा कुल संकलित रकममा संघीय कोषमा दाखिला हुने अग्रिम आयकर समेत समेटिएको छ भने यो वर्षको राजस्व संकलनमा ३५ प्रतिशतको वृद्धि भएको छ।

​कार्यलयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संकलित राजस्वको मुख्य हिस्सा सवारी साधन करबाट प्राप्त भएको छ। सवारी साधन कर शीर्षकमा मात्रै १ करोड ३ लाख ९३ हजार ५ सय २४ रूपैयाँ राजस्व दाखिला भएको कार्यालय प्रमुख कार्कीले भनाई छ।

त्यस्तै चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ६४ लाख ९२ हजार १ सय १६ रूपैयाँ संकलन भएको छ। यसका साथै यातायात क्षेत्रको अन्य आम्दानी मानिने पटके तथा रुट परमिटबाट १८ लाख ८६ हजार ६ सय २२ रूपैयाँ, संघीय कोषमा दाखिला हुने अग्रिम आयकर तर्फ ६ लाख ६८ हजार २ सय ७५ रूपैयाँ र बेरुजु असुली शीर्षकबाट १ हजार ५ सय ७५ रूपैयाँ संकलन भएको छ।
​
जुम्ला तथा आसपासका क्षेत्रहरूमा सडकको स्तरोन्नति हुनुका साथै नयाँ सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र लिने सेवाग्राहीको संख्यामा लगातार वृद्धि भइरहेको छ।

यातायात क्षेत्र व्यवस्थित बन्दै जाँदा कर तिर्ने नागरिकको दायित्वबोध र कार्यालयको कडाइका कारण पनि राजस्व संकलनमा यो ठूलो सफलता मिलेको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार