कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीले संयुक्त राजिनामा दिएका हुन ।
उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो ।
उद्योगमन्त्री सुरेश अधिकारीले राजीनामा दिने तयारी भइरहेको बताए ।
















